भ्रमण वर्षको अवसरमा पाल्पामा डिजिटल सूचना पाटी जडान
पाल्पा । भ्रमण वर्ष २०२० का अवसरमा तानसेन नगरपालिका–६ बसर्पाकमा डिजिटल सूचना पाटी जडान गरिएको छ ।
पर्यटकीय नगरी तानसेन आएका पर्यटकका लागि तानसेनसम्बन्धी जानकारी लिन सहजताका लागि विद्युतीय सूचना पाटी जडान गरिएको हो । तानसेनको प्राचीनकालीन सम्पदा, कला, संस्कृति, वेषभूषाको डिजिटल सूचना पाटीमार्फत प्रचारप्रसार हुनेछ ।
तानसेन नगरपालिकाले पर्यटकलाई लक्षित गरी यहाँका कला, संस्कृति, सम्पदाको जानकारी लिन सहज हुने गरी विद्युतीय सूचना पाटी जडान गरिएको छ । तानसेन नगरपालिकाले भ्रमण वर्षको अवसर पारेर तानसेनको बसपार्कमा नगरप्रमुख अशोककुमार शाहीले उद्घाटन गरे ।
उहाँले पाल्पामा प्रकृति र संस्कृतिका लागि पर्यटकलाई स्वागत गर्न तयार रहेको उल्लेख गर्दै पाल्पा प्राकृतिक, ऐतिहासिक तथा साँस्कृतिक हिसाबलेसमेत धनी रहेको बताए ।
भ्रमण वर्षका अवसरमा पाल्पामा खाना महोत्सव, सुन्तला महोत्सव तथा स्थानीय मौलिक कला संस्कृति झल्कने गरी महोत्सवको आयोजनाले पर्यटक आगमनमा सहज हुनेछ ।
विद्युतीय सूचना पाटी पर्यटकलाई सूचना खोज्न अन्यत्र जानुपर्ने बाध्यता हटेको छ । पर्यकलाई सूचना पाटीमा तानसेनका कुनकुन क्षेत्र अवलोकन गर्ने र कहाँकहाँको कलासंस्कृति कस्तो रहेको छ भनी बुझ्न सहजता हुनेछ ।
तानसेनका ऐतिहासिक सम्पदा रानीमहल, भगवती मन्दिर, अमरनारायण, पाल्पा सङ्ग्रहालय, पाल्पा जात्रालगायतका श्रव्यदृव्य सूचना पाटीमा नै अवलोकन गर्न पाइनेछ । तानसेन नगरपालिका–२, नारायणस्थानमा जडान गरिएको डिजिटल सूचना पाटीबाट कला, संस्कृति, पर्यटकीय सम्पदा हेर्न सकिनेछ । सूचना पाटीमा दैनिक समय, तापक्रम, मिति, हाइटलगायतका सूचना सजिलैसँग प्राप्ति हुन्छ । सूचना पाटीमा तानसेनसम्बन्धी सबै सूचना पाउन थालेपछि स्थानीय बासिन्दा खुशी देखिन्छन् ।
तानसेनमा बहुजाति, बहुभाषिक र बहुसाँस्कृतिकरुपमा सम्पन्न छ । तानसेनमा हुने गाइजात्रा, भगवतीजात्रालगायतका कला संस्कृति, वेषभूषाको झल्को पाइन्छ । नारायणस्थान चोकमा डिजिटल सूचना पाटी सञ्चालनमा ल्याएसँगै ऐतिहासिक तानसेन क्षेत्रको थप प्रचारप्रसारमा सहयोगी भूमिका खेलेको छ ।
नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष सन् २०२० का अवसरमा सरसफाइ गरी उद्घाटन गरेको छ । तानसेन नगरपालिका कार्यालयबाट बसपार्कसम्मको क्षेत्रको सडक सरसफाइ गरिएको हो ।
तानसेनलाई सफा र सुन्दर बनाउँदै पर्यटक भित्र्याउन स्थानीय सरकारको योजना छ । माघको पहिला सातादेखि तानसेन नगरपालिकाले भ्रमण वर्ष सफल बनाउनका लागि सप्ताहव्यापी कार्यक्रमको आयोजना हुने नगरप्रमुख शाहीको दाबी छ ।
Facebook Comment