प्रिमियर लिगः लेष्टर सिटीको जित, टोटेनहम पराजित
एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा लेष्टर सिटीले सहज जित निकालेको छ । बुधबार राति भएको खेलमा लेष्टरले न्युकासल युनाइटेडलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।
लेष्टरलाई जित दिलाउन आयोज परेज, जेम्स म्याडिसन र हाम्जा चौधुरीले एक एक गोल गरे । जितसँगै लेष्टरले २१ खेलबाट ४५ अंक जोडेको छ । र, लेष्टर लिगको दोस्रो स्थानमा रहेको छ ।
२५ अंक जोडेको न्युकासल लिगको ११ औं स्थानमा रहेको छ । प्रिमियर लिग अन्तर्गत नै अर्को खेलमा टोटेनहम भने साउथह्याम्पटनसँग १–० गोल अन्तरले पराजित भएको छ ।
घरेलु मैदानमा साउथह्याम्पटनलाई जित दिलाउन ड्यानी इन्ग्सले निर्णायक गोल गरे । साउथह्याम्पटनसँग पराजित भएसँगै टोटेनहम लिगको शीर्ष पाँचमा उक्लने मौका गुमाएको छ । ३० अंक जोडेको टोटेनहम लिगको छैटौं स्थानमा रहेको छ ।
यस्तै वाट्फोर्डले वुल्भ्सलाई २–१ गोल अन्तरले हराएको छ ।
Facebook Comment