काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर १११ रुपैयाँ पुग्यो, एलपी ग्यासको भाउ यथावत

डिसी नेपाल
१७ पुष २०७६ ६:३१

काठमाडौं । आजबाट पेट्रेलियम पद्धार्थको मुल्य बढेको छ।

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो।

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढेको निगमले जनाएको छ। बढेको मुल्य बुधबार राती १२ बजेपछि लागु भएको छ ।

हवाई ईन्धन र एलपी ग्यासको खुद्रा विक्री मूल्य हालकै यथावत राखिएको छ।

नयाँ मूल्य सूची अनुसार काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर १११ रुपैयाँ कायम भएको छ। त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय रुपैयाँ कायम भएको छ।

यो मूल्य समायोजन गरे पश्चात् नेपाल तर्फको वीरगञ्ज नाकाको तुलनामा भारतको रक्सौलमा कायम भएको पेट्रोलको खुद्रा विक्री मूल्य १८ रुपैयाँ ६७ पैसा प्रति लिटरले सस्तो र डिजेलको खुद्रा विक्री मूल्य १८ रुपैयाँ २७ पैसा प्रति लिटरले नेपालतर्फ सस्तो हुन गएको निगमले जनाएको छ।

उपरोक्त समायोजन पश्चात् काठमाडौंसहित सुर्खेत र दिपायलमा १११ रुपैयाँ प्रति लिटर पर्नेछ। पोखरा र दाङमा ११० रुपैयाँ ५० पैसा प्रतिलिटर र अन्य तराई क्षेत्र चारआली, विराटनगर, धनुषा, विरगञ्ज, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढीमा प्रतिलिटर १०९ रुपैयाँ ५० पैसा पर्नेछ।

त्यस्तै डिजेल, मट्टितेलको खुद्रा विक्री मूल्य काठमाडौंसहित सुर्खेत र दिपायलमा १०० रुपैयाँप्रति लिटर, पोखरा र दाङमा ९९ रुपैयाँ ५० पैसा प्रति लिटर र अन्य तराई क्षेत्र चारआली, विराटनगर, धनुषा, विरगञ्ज, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढीमा ९८ रुपैयाँ ५० पैसा प्रतिलिटर कायम भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *