साफ च्याम्पियनसीप : भुटानविरुद्ध नेपालको फराकिलो जित, सेमिफाइनलमा पुग्ने नेपालको सम्भावना बलियो
काठमाण्डौ । बंगलादेशको ढाकामा जारी साफ च्याम्पियन्सिपको दोस्रो खेलमा नेपाल विजयी भएको छ । नेपालले भुटानलाई सुन्यका विरुद्ध चार गोलले पराजित गरेको हो ।
आजको नेपालका लागि अनन्त तामाङले पहिलो हाफको २१ औं मिनेटमा गोल गरे । नेपालका लागि दोस्रो हाफमा सुनिल बमले दोस्रो गोल, भरत खवासले तेस्रो गोल र निराञ्जन खड्काले चौथो गोल गरेका हुन् । योसँगै भुटान दबाबमा परेको थियो ।
यो सँगै नेपालको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनेको छ ।
प्रतिक्रिया
Facebook Comment