इएसपिएन दशकको सर्वोत्कृष्ट टिमः पुरुष ३ फर्म्याट र महिला टिममा को–को परे ?

डिसी नेपाल
१७ पुष २०७६ ८:४१

काठमाडौं। क्रिकेट क्षेत्रको सबैभन्दा ठूलो मानिने वेबसाइट इएसपिएसक्रिकइन्फोले २०१० को दशक (२०१० देखि २०१९ सम्म)को सर्वोत्कृष्ट टिम घोषणा गरेको छ । इएसपिएनको २३ सदस्यीय प्यानलले पुरुणतर्फ टेस्ट, एकदिवसीय, टि–२० र महिलाको सर्वोत्कृष्ट प्लेइङ ११ तयार पारेको हो । यो दशकभरीको प्रदर्शन र तथ्यांकको आधारमा यो टिम तयार गरिएको हो । २०१० को सुरुवातदेखि २०१९ को डिसेम्बर १० सम्मको तथ्यांकलाई आधार मानेर यो सूची तयार पारिएको हो ।

दशकको सर्वोत्कृष्ट टेस्ट टिमको कप्तानी भारतका विराट कोहलीलाई दिइएको छ । ब्याटिङ क्रमको आधारमा दशकको सर्वोत्कृष्ट टेस्ट टिममा एलिस्टर कुक (इङल्याण्ड), डेभिड वार्नर (अस्ट्रेलिया), केन विलियमसन (न्यूजिल्याण्ड), विराट कोहली (कप्तान, भारत), टिभन स्मिथ (अस्ट्रेलिया), बेन स्टोक्स (इङल्याण्ड), एबी डिभिलियर्स (विकेटकिपर, दक्षिण अफ्रिका), रविचन्द्रन अश्विन (भारत), जेम्स एन्डरसन (इङल्याण्ड), डेल स्टेन (दक्षिण अफ्रिका) र रंगना हेराथ (श्रीलंका) छन् ।

दशकको सर्वोत्कृष्ट एकदिवसीय टिमको कप्तानी भारतका महेन्द्र सिंह धोनीलाई दिइएको छ । टिममा ब्याटिङ क्रमको आधारमा हशिम अमला (दक्षिण अफ्रिका), रोहित शर्मा (भारत), विराट कोहली (भारत), एबी डिभिलियर्स (दक्षिण अफ्रिका), रस टेलर (न्यूजिल्याण्ड), महेन्द्र सिंह धोनी (कप्तान, विकेटकिपर, भारत), शाकिब अल हसन (बंगलादेश), ट्रेन्ट बोल्ट (न्यूजिल्याण्ड), मिचेल स्टार्क (अस्ट्रेलिया), लासिथ मालिंगा (श्रीलंका) र इमरान ताहिर (दक्षिण अफ्रिका) छन् ।

दशकको सर्वोत्कृष्ट टि–२० टिमको कप्तान पनि भारतका महेन्द्र सिंह धोनीलाई नै बनाइएको छ । यो टिममा ब्याटिङ क्रमका आधारमा क्रिस गेल (वेष्ट इण्डिज), सुनिल नरेन (वेष्ट इण्डिज), विराट कोहली (भारत), एबी डिभिलियर्स (दक्षिण अफ्रिका), महेन्द्र सिंह धोनी (कप्तान, विकेटकिपर, भारत), किरोन पोलार्ड (वेष्ट इण्डिज), आन्द्रे रसेल (वेष्ट इण्डिज), ड्वेन ब्राभो (वेष्ट इण्डिज), राशिद खान (अफगानिस्तान), लासिथ मालिंगा (श्रीलंका) र जसप्रित बुमराह (भारत) छन् ।

महिला टिमको कप्तान अस्ट्रेलियाकी मेग लेनिनलाई बनाइएको छ । यो टिममा ब्याटिङ क्रमको आधारमा स्टेफनी टेलर (वेष्ट इण्डिज), सुजी बेट्स (न्यूजिल्याण्ड), मेग लेनिन (कप्तान, अस्ट्रेलिया), मिताली राज (भारत), सराह टेलर (विकेटकिपर, इङल्याण्ड), एलिस पेरी (अस्ट्रेलिया), डिएण्ड्रा डटिन (वेष्ट इण्डिज), डेन भान निकर्क (दक्षिण अफ्रिका), अन्या स्रब्सोले (इङल्याण्ड), झुलन गोस्वामी (भारत) र अनिसा मोहम्मद (वेष्ट इण्डिज) छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *