सबै नेपाली अनलाइन समाचार मोवाइलमै पढ्नका लागि ‘टाइम्स अफ नेपाल’ एप सार्वजनिक
काठमाडौं। नेपालका सबैजसो मुख्य अनलाइन समाचार पोर्टलहरुका समाचारहरु एउटै एपमा पढ्न सकिने गरी ‘टाइम्स अफ नेपाल’ नामक मोवाइल एप सार्वजनिक गरिएको छ । यो एप मोवाइलमा राखेपछि नेपालका सबैजसो मुख्य अनलाइन मिडियाका समाचार यही एपमै पढ्न सकिने बताइएको छ ।
यो एपमा नेपालका टप अनलाइन न्युज पोर्टलहरूलाई समावेश गरिएको छ। यो एपमा आर्दिफिसियल इन्टिेलिजेन्स समेत छ जसले पाठकको रुचीअनुसारका समाचारलाई प्राथमिकताका साथ अगाडि देखाउँछ । एपमा पाठकका लागि सजिलो होस भनेर समाचारहरूलाई विभिन्न विधामा वर्गिकरण गरिएको छ । यस एपमा भविष्यका लागि समाचारहरु सुरक्षित गरेर पनि राख्न मिल्छ ।
एपमा राम्रो लागेका र जरुरी समाचारहरू सेयर गर्ने सुविधा पनि छ । यो एप एन्ड्रोइड तथा एप्पल दुवैमा उपलब्ध छ । यो एपमा प्रयोगकर्ताको आँखाका लागि सहज बनाउनका लागि लाइट मोड तथा डार्क मोड दुवै उपलब्ध छ । एपमा समाचार पढ्न मात्र हैन समाचारहरू सुन्न पनि सकिन्छ । यसमा प्रयोगकर्ताले आफूले विश्वास गर्ने समाचार पोर्टलहरु मात्र छानेर राख्ने सुविधा पनि छ ।
Facebook Comment