पोग्बालाई चोटको समस्या, पुनः शल्यक्रिया गर्नुपर्ने
एजेन्सी । म्यान्चेष्टर युनाईटेडका मिडफिल्डर पाउल पोग्बालाई शल्यक्रिया आवश्यक देखिएको छ । खुट्टाको चोटका कारण पोग्बालाई शल्यक्रिया आवश्यक देखिएको हो ।
प्रशिक्षक ओले गुनर सोल्सायरले पोग्बाको शल्यक्रिया गर्नुपर्ने देखिएको भन्दै उनी करिब चार साता मैदान बाहिर रहने सक्ने बताएका छन् । पोग्बा नयाँ बर्षको दिन आर्सनलविरुद्वको खेलमा उपस्थित थिएनन् ।
उनी गत महिना मात्र मैदान फर्किएका थिए । उनलाई खुट्टाको चोटले गत सेप्टेम्बरबाट मैदान बाहिर राखेको थियो ।
‘हामीले उनको जाँच गर्यौ । ठुलो बिषय छैन । तर थप केही गर्नुपर्ने देखिएको छ ।’ सोल्सायरले भनेका छन्, ‘उनलाई शल्यक्रियाका लागि सल्लाह गरिएको छ । सायद उनले चाँडै सल्यक्रिया गर्नेछन् । उनी करिब चार हप्ता मैदान बाहिर रहनेछन् ।’
‘यसले ठुलो झट्का दिएको छ । उनी टिम बाहिर छन् । स्कट समेत घाईते छन् । उनीपनि केही महिना मैदान बाहिर रहनेछन् ।’ उनले भने ।
पोग्बाले यस सिजन मात्र ८ खेलमा यस सिजन देखिएका छन् । पोग्बा अनुपस्थित रहेको खेलमा युनाईटेड आर्सनलसंग २–० ले पराजित भएको थियो ।
Facebook Comment