काँग्रेस बैठकः पौडेल पक्षको बहिस्कार जारी, उखु किसानको रुपैयाँ तिर्न कनोडियालाई निर्देशन

डिसी नेपाल
१७ पुष २०७६ १८:०७

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठक वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले बहिस्कार गरेको छ। पौडेल समूहले बैठक बहिस्कार जारी राखे पनि संस्थापन पक्षले भने बिहीबार चुनावी तालमेलका लागि समाजवादी पार्टीसँग वार्ता गर्ने निर्णय गरेको छ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवासँग समाजवादीका नेताहरुको भेटघाट भएको र राष्ट्रियसभामा तालमेल हुन सक्ने बताए। केन्द्रीय समिति बैठकमा प्रस्तुत भएको राष्ट्रियसभा निर्वाचन सम्बन्धि प्रस्ताव पारित भएपछि उक्त कुरा टुंगो लाग्ने उनले बताए। उनले समाजवादीसँग तालमेलको ढोका खुलेको र शुक्रबारसम्मा निर्णय हुने सम्भावना रहेको बताए।

बैठकमा उम्मेदवार चयनका लागि पदाधिकारी बैठकलाई अधिकार दिने प्रस्ताव गरिएको शर्माले बताए।

पार्टीभित्र रहेको आन्तरिक किचलो धेरै दिन नरहने उनले दाबी गर्नुभयो । पार्टीभित्र देखिएका विमतिहरु थाति राखेर भएपनि राष्ट्रियसभा निर्वाचनमा एक भएर जाने वातावरण सिर्जना हुने विश्वास प्रवक्ता शर्माले व्यक्त गरे।

यसैबीच नेपाली कांग्रेसले पार्टीको प्रदेश नम्बर ५ संसदीय दलका उपनेता वीरेन्द कनोडियालाई उखु किसानको भूक्तानी गर्न निर्देशन दिएको छ ।

शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैकठले कनोडियालाई उखु किसानहरुको बाँकी रहेको भूक्तानी तत्काल उपलब्ध गराउन पहल गर्न निर्देशन दिएको हो । पार्टी प्रवक्ता शर्माले कनोडिया सञ्चालक रहेको मिलले समेत उखु किसानको भूक्तानी नदिएको समाचारका सन्दर्भमा पार्टीको ध्यानकर्षण भएको यथासिघ्र भुक्तानी गराउन निर्देशन दिइएको बताए। कनोडिया महालक्ष्मी सुगर्सका सञ्चालक हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *