एमएम कप एकदिवसी क्रिकेटः प्रदेश नम्बर १ को शानदार जित

डिसी नेपाल
१७ पुष २०७६ १८:३३

मोरङ। मोरङको इनरुवा रंगशालामा बिहीबार शुरु भएको एमएम कप राष्ट्रिय एकदिवसीय प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा प्रदेश नम्बर १ विजयी भएको छ। प्रदेश १ ले प्रदेश नम्बर ५ लाई ६८ रनले पराजित गरेको हो।

खेलमा टस जितेर ब्याटिंग गरेको प्रदेश नम्बर एक ३१ ओभर २ बल खेल्दै १२० रनको स्कोरमा अल आउट भएको थियो । प्रदेश नम्बर एकका लागि फिर्दोस अन्सारी २३ रन, कप्तान पुष्प थापा र दिपेश कँडेलले समान २–२ रन, लभ कामतले ११ रन बनाउँदा प्रदेश नम्बर एकका अन्य ब्याट्सम्यानहरुले दोहरो अंक छुन सकेनन्।

प्रदेश नम्बर ५ को लागि बलिङ्गमा बिक्रम भुसालले आठ ओभर २ बलमा २ मेडन फाल्दै २४ रन दिएर ५ विकेट, दुर्गेश गुप्ता सात ओभर १ मेडन १६ रन दिदै २ विकेट र कृष्ण कार्की, जितेन्द्र सहनी र अनिल खरेलले समान १–१ विकेट लिएका थिए।

जवाफी ब्याटिंगमा मैदानमा ओर्लेको प्रदेश नम्बर ५ ५२ रनको स्कोरमै अलआउट हुन पुग्यो । प्रदेश नम्बर ५ का लागि ओपनर बिराट भण्डारीले २८ रन त्यस्तै बिशाल बिक्रम केशीले १२ रन बनाउनु बाहेक अन्य खेलाडीहरुले दोहरो अंक छुन सकेनन्।

प्रदेश नम्बर ५ लाई सस्तैमा समेटन प्रदेश नम्बर एकका बलर दिपेश कँडेलले ७ ओभरमा १ मेडन फाल्दै २० दिएर ६ विकेट लिए। मुकुन्द यादब र मनोज तामांगले समान २–२ विकेट लिए।

बिहीबारको खेलको म्यान अफ द म्याच प्रदेश नम्बर एकका दिपेश कँडेल भए।

प्रतियोगिता अन्तर्गत शुक्रबारको खेल प्रदेश नम्बर ५ र प्रदेश नम्बर ३ बीच हुनेछ।

माघ चार गतेसम्म चल्ने प्रतियोगितामा सात प्रदेश, तीन विभागिए टोलीका का साथै मलेसिया ११ को सहभागिता रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *