नेकपामा सभामुख चयन गर्न सकस, भोलि फेरि बैठक बस्ने

डिसी नेपाल
१८ पुष २०७६ ४:४७

काठमाडौं। प्रतिनिधिसभा सभामुखको उम्मेदवार र आगामी माघ ९ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि उम्मेदवार चयन गर्न भन्दै बिहीबार साँझ बसेको सत्तारुढ दल नेकपाको बैठक अनिर्णित भएको छ।

दुई अध्यक्षबीच सभामुखका विषयमा कुरा नमिलेपछि बिहीबार निर्णय हुन नसकेको एक सदस्यले जानकारी दिएका छन्।

शुक्रबार सचिवालयले बैठक बस्ने तय भएको नेताहरुले बताएका छन् । राष्ट्रियसभा निर्वाचनको उम्मेदवार छनोटका विषयमा छलफल भए पनि कुनै निर्णय नभएको बैठकमा सहभागी एक नेताले जानकारी दिए।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सभामुखको उम्मेदवार तोक्ने एजेण्डा रहे पनि सो विषयमा बिहीबार छलफल हुन नसकेको जनाइएको छ। राष्ट्रियसभाको १८ सिटमध्ये दुई सिट राष्ट्रिय जनता पार्टी (राजपा)लाई दिने सहमति भएकाले नेकपाले १६ सिटका लागि उम्मेदवार टुङ्ग्याउनुपर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *