पारस शाहको जन्मदिनः आफैंले आफैंलाई दिए शुभकामना, साथमा न हिमानी न सोनिका
काठमाडौं । पूर्व युवराज पारस शाहले पुस १५ मा आफ्नो जन्मदिन मनाए । ४९ औं वर्षमा प्रवेश गरेका पूर्वयुवराज पारसले पोखराको किंग्स लाउन्जमा छोराछोरीहरुसँग जन्मदिन मनाएका हुन् । पारसको जन्मदिन कार्यक्रममा छोरी पूर्णिका र कृतिका, छोरा हृदयेन्द्र साथमा थिए ।
कार्यक्रममा उनका मातापिता भने देखिएनन् । उनकी पत्नी हिमानी र प्रेमिका भनेर हल्ला चलाइएकी सोनिका रोकाया समेत साथमा देखिएनन् । पारस शाहले आफूले जन्मदिन मनाइरहेका तस्वीर शेयर गर्दै आफैंले आफैंलाई शुभकामना दिएका छन् । उनले क्याप्सन लेखेका छन् ‘ह्याप्पी बर्थडे डियर सेल्फ’ ।
पारसलाई छोरी पूर्णिकाले फेसबुकमार्फत जन्मदिनको शुभकामना दिएकी छिन् । तर, पत्नी हिमानी शाहले भने सामाजिक संजालमा कुनै शुभकामना दिएकी छैनन् । उनकी प्रेमिका भनिएकी सोनिकाले पनि फेसबुकमार्फत शुभकामना दिएकी छिन् । सोनिकाले त पारसले जन्मदिनमनाइरहेको भिडियो आफ्नो युट्युब च्यानलमा पोस्ट गरेकी छिन् ।
सोनिकाले पारसले जन्मदिन मनाएको विषयमा आफूले लामै कुरा गर्दै भिडियो बनाएर पारस र आफूमाथि लागेका विभिन्न आरोप, पारस स्वयंमाथि विगतमा लाग्ने गरेका आरोपका विषयमा लामै सफाइ दिएकी छिन् । फेसबुकमा शुभकामना सन्देश लेख्दै गर्दा पनि सोनिकाले सफाइ दिन छुटाएकी छैनन् ।
Facebook Comment