वीरगञ्ज प्रिमियर लिगको तालिका सार्वजनिक

डिसी नेपाल
१८ पुष २०७६ १३:५७

काठमाडौं। यहि आउँदो माघ ४ देखी १४ सम्म वीरगन्जको नारायणी क्रिकेट मैदानमा पहिलो पटक हुन गइरहेको वीरगन्ज प्रिमियर लिग वीपीएल को खेल तालिका सार्वजनिक भएको छ ।

बिहिबार आयोजक युनाइटेड क्रिकेट क्लबले जारी गरेको खेल तालिका अनुसार प्रतियोगिताको पहिलो खेलमा राष्ट्रिय खेलाडी हसिम अन्सारी मार्की खेलाडी रहेको वीरगन्ज स्टार्सले अर्का राष्ट्रिय खेलाडी अभिनाश कर्ण मार्की खेलाडी रहेको डीसीसी वीरगन्जको सामना गर्ने भएको छ ।

अन्य टिम तथा मार्कि खेलाडी हरुमा सिंह ११ लायन्सका मार्की खेलाडी नेपाली राष्ट्रिय क्रिकेट टिमबाट लामो समय खेलिसकेका किर्तिमानी खेलाडी मेहबुब आलम रहेका छ्न भने डीसीसी स्टारको युवा खेलाडी रासिद खानले मार्की खेलाडीको रुपमा रहेका छ्न ।

ड्रार्गन साहिब दरबारको राष्ट्रिय टिमबाट प्रतिनिधित्व गरिसकेका अनिल कुमार शाह तथा रौतहट राइनोजको राष्ट्रिय टिमबाट खेलिसकेका जितेन्द्र मुखिया र केआईइसी वीरगन्जको मार्की खेलाडीको रुपमा सुरज पटेल रहेका छ्न ।

प्रतियोगितामा कुल ६ टिमको सहभागी रहेको छ । जसमा लिगमा एकले अर्कोसँग १/१ खेल खेलेपछी लिगको पहिलो स्थानमा रहने टिम सिदै फाइनल पुग्ने प्रावधान कायम गरिएको छ ।

भने लिगको दोस्रो र तेस्रो स्थानमा रहने टिमले एलिमिनेटर खेल्नुपर्नेछ । १३ गते हुने यस एलिमिनेटर खेलको विजेताले १४ गते फाइनलमा लिगको पहिलो स्थानमा रहने टिमसँग प्रतिष्पर्दा गर्नेछ ।

यस प्रतियोगिताको विजेताले नगद २ लाख ५० हजार तथा उप (विजेता हुने टोलीले १ लाख ८० हजार नगद प्राप्त गर्नेछ ।
भने प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडीले नगद २० हजार तथा उत्कृष्ट ब्याट्सम्यान र बलरले समान १०-१० हजार प्राप्त गर्नेछ्न । ब्याट्सम्यानले छक्का प्रहार गरेको बल एक हातले क्याच लिने दर्शकले प्रत्येक क्याचको २ हजार रुपैयाँ पाउनेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *