साइप्रसको लिमासोलमा माघेसंक्रान्ति मनाइदै
साइप्रस । नेपाल मगर संघ साइप्रसले मगरहरूको मौलिक सांस्कृतिक पर्व माघेसंक्रान्तिको अवसरमा विशेष सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।
यही जनवरी २६, तारिख २०२० आइतबारका दिन साइप्रसको लिमासोलस्थित ब्रिटानिया म्युजिक हलमा माघेसंक्रान्ति विशेष सांस्कृतिक कार्यक्रमकाे आयोजना गरिएको नेपाल मगर संघ साइप्रसले जनाएको छ ।
मगरहरूको मौलिक पर्व माघेसंक्रान्तिको अवसरमा मगरहरूको परम्परागत मौलिक कला संस्कृतको जगेर्ना गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको संयोजक तथा संघका महासचिव ज्ञान बलाल मगर ९दर्शन मगर० ले जानकारी दिए ।
मगर समुदायले आफ्नो परम्परागत मौलिक पर्वको रुपमा मनाउँदै आइरहेको माघेसंक्रान्तिलाई थारू समुदाय लगायत सम्पूर्ण सबै नेपालीहरूले पनि उतिकै उत्साह पूर्वक नेपाली संस्कृति पर्वको रुपमा मनाउने गरेको हुँदा यस कार्यक्रमको थप रोचकता र थप भिन्नता देखिने जनाइएको छ।
कार्यक्रमको आकर्षण भनेको मगरहरूको मौलिक संस्कार भेषभुषा कलासंस्कृतिलाई झल्काउने किसिमको मगरहरूको पोशाकमा कौडा नृत्य नाचगानका प्रस्तुतीहरू रहनेछन्। साथै युरोपमा व्यापक चर्चामा रहेका गायक तुलसी सिवाकोटीको जोडदार प्रस्तुती रहनेछ। स्थानीय कलाकारहरूको विभिन्न प्रतिभा प्रस्तुतीहरूसमेत रहनेछन् ।
नेपाल मगर संघ साइप्रसका अध्यक्ष खगेन राना मगरले प्रवासमा रहेका मगर परिवारहरूलगायत सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई एकैठाउँमा भेला पारि सम्पूर्ण नेपाली बिचमा माया ममता र सदभाव फैलाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए । कार्यक्रममा मगरहरूको परम्परागत खानाको साथमा नेपाली खाना र पानीको व्यवस्थासमेत गरिएको छ।
Facebook Comment