यी हुन् काँग्रेसका राष्ट्रियसभा उम्मेदवार

डिसी नेपाल
१९ पुष २०७६ १७:०८

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ। काँग्रेसले उम्मेदवारको मनोनयन दर्ता हुने अघिल्लो दिन शनिबार उम्मेदवार चयन गरेको हो।

काँग्रेसले प्रदेश नम्बर २ का ४ मध्ये २ सिट समाजवादीका लागि छाडेर उम्मेदवार चयन गरेको हो। काँग्रेस र समाजवादी पार्टीबीच प्रदेश नम्बर २ मा चुनावी तालमेल गर्ने सहमति भएको थियो।

काँग्रेस पार्टी कार्यालयका मुख्य सचिब कृष्णप्रसाद पौडेलका अनुसार काँग्रेसका उम्मेदवार यसप्रकार छन्ः

प्रदेश नं १
१ निरबहादुर विश्वकर्मा (पाँचथर) दलित
२ मिना पुलामी मगर (सुनसरी) महिला
३ राजेन्द्र घिमिरे (झापा) अन्य

प्रदेश नं २
१ नगिना यादव (महोत्तरी) महिला
२ भोला पन्जियार (धनुषा) अल्पसंख्यक/अपाङ्गता

प्रदेश नं ३
१ हरिशरण श्रेष्ठ (सिन्धुपाल्चोक) अन्य
२ छलीकुमारी शर्मा उपाध्याय (चितवन) महिला

प्रदेश नं ४
१ सूर्यप्रसाद रेग्मी (स्याङ्जा) अन्य
२ विमला गौचन (म्याग्दी) महिला

प्रदेश नं ५
१ बालकृष्ण पाण्डे (अर्घाखाँची) अन्य
२ गिरिजा न्यौपाने (दाङ) महिला
३ मेराज हलवाई (बाँके) अल्पसंख्यक/अपाङ्गता

प्रदेश नं ६
१ डिल्लीराम पाठक (सुर्खेत) अन्य
२ सावित्री पौडेल (सुर्खेत) महिला

प्रदेश नं ७
१ प्रताप ठगुन्ना (बैतडी) अन्य
२ तुलसी देवकोटा (कैलाली) महिला




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *