तीनै तहका सरकारबीच समन्वय आवश्यक

डिसी नेपाल
१९ पुष २०७६ २०:११

दमक । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले विकास र समृद्धिको साझा लक्ष्य प्राप्तिका लागि तीनै तहका सरकारबीच समन्वय आवश्यक भएको बताएका छन् ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिकको अवस्थाबारे शनिबार झापाको दमकमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले भने, “ मुलुकको विकास र समृद्धिका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक छ ।”

मन्त्री गुरुङले महिला बालबालिका तथा ज्येष्ठ नागरिकको सशक्तीकरणका लागि राज्य पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै भौतिक पूर्वाधार विकासमा मात्र नभई सरकारले मानवीय सशक्तीकरणमा पनि जुटेको बताए ।

उनले मानवीय सशक्तीकरणअन्तर्गत प्रदेश नं १ बाट सडक बालबालिका मुक्त पार्न शुरु गरिएको अभियान देशैभरी विस्तार हुने छ भने । मन्त्रालयका सचिव चन्द्र घिमिरेले दिगो विकासको लक्ष्य प्राप्तिका लागि मानवीय क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको बताए ।

दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी तथा प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सिनाले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकका क्षेत्रमा नगरपालिकाले गर्दै आएका कार्यक्रमका बारेमा जानकारी गराए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *