राष्ट्रियसभा सदस्यका लागि नेकपा र नेकांद्वारा उम्मेद्वारी दर्ता

डिसी नेपाल
२० पुष २०७६ १६:०६

काठमाडौं । आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि दलका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । दलका उम्मेदवारहरुले सबै प्रदेशको राजधानीमा रहेको निर्वाचन आयोगको कार्यालयमा मनोनयन दर्ता गराएका हुन् ।

काठमाडौंमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बेदुराम भुषाल र गंगा बेल्बासे मनोनयन दर्ता गराएका हुन् । त्यस्तै नेपाली कांग्रेसका हरिशरण श्रेष्ठ र छलिकुमारी शर्मा उपाध्याय र नेपाल मजदुर किसान पार्टीका कृष्ण बहादुर तामाङ र गीता काफ्लेले मनोनयन दर्ता गराएका छन् । मनोनयन दर्तापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेद्वार वेदुरामा भुषालले प्रतिनिधि सभाले गरेको कामलाई राष्ट्रिय सभाले हेर्ने भएकोले कानून निर्माणमा भएका कमजोरीहरुलाई सुधार्न भूमिका रहने बताए । त्यस्तै अर्का उम्मेद्वार गंगा बेल्बासे विश्वास अविश्वासका धेरै प्रश्न उठेकाले नीति निर्माणमा महत्वपूर्ण भूमिका निभाउने बताए ।

नेपाली कांग्रेसका उम्मेदवार हरिशरण श्रेष्ठले प्रतिनिधि सभाले पास गरेका गलत खालका कानूनको सुधारमा आफ्नो भूमिका रहने बताए । उनले सरकार अधिनायकवादी तरिकाले अगाडी बढिरहेको र राष्ट्रिय सभालाई प्रतिपक्ष विहिन बनाउने बदनियत राखेकाले शशक्त आवाज उठाउने बताए । त्यस्तै, अर्का उम्मेदवार छलिकुमारी शर्मा उपाध्यायले गलत खालका नीतिहरु सच्याउन आफ्नो भूमिका रहने बताइन् ।

राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि आइतबार बिहान १० बजेदेखि दिउसो ३ बजे सम्ममा मनोनयन दर्ता गर्नुपर्ने व्यवस्था अनुसार दलका उम्मेदवारहरुले आ आफ्नो प्रदेशमा रहेको निर्वाचन आयोगको कार्यालयमा मनोनयन दर्ता गराएका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *