कर्मचारी व्यवस्थापन नहुँदा कर्णालीमा बजेट खर्च हुन सकेन : नेता शर्मा

डिसी नेपाल
२० पुष २०७६ १६:३९

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता दिनानाथ शर्माले कर्मचारी व्यवस्थापन हुन नसक्दा कर्णालीमा २ प्रतिशतभन्दा कम बजेट खर्च भएको बताएका छन् ।

संघीय संसद राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिमा सांसद शर्माले यस्तो बताएका छन् । सामान्य प्रशासन मन्त्रालयले समयमै कर्मचारी व्यवस्थापन गर्न नसक्दा, समयमा ऐन नियम बनाउन नसक्दा र प्रदेश लोकशेवाको गठनमा तदारुकता नदेखाउँदा खर्चको अवस्था न्यून देखिएको उनले बताए । कर्णालीका विभिन्न स्थानीय तहहरुमा गएर बुझ्दा कर्मचारीको अभावकै कारण दिगो विकासको लक्ष्य पुरा गर्न कठिन भएको उनले बताए ।

समिति बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले स्थानीय तहहरुमा बजेट कम खर्च हुनुको कारण कर्मचारीको अभाव मात्रै नभएको बताए। बजेट विधिअनुसार विनियोजन नभएको, आवधिक योजना स्थानीय तहहरुले नबनाएरै काम गरेकाले कम खर्च भएको उनको भनाई छ ।

संघ, प्रदेश र स्थानीय तहमा स्वीकृत भएको १ लाख ३७ हजार ६ सय १२ दरबन्दीमा समाउोजनको समयमा मौजुदा जनशक्ति ९९ हजार ५ सय ७२ स्वीकृत दरबन्दीको अनुपातमा ३८ हजार ४० कर्मचारीको अभाव रहेको मन्त्रालयले जनाएको छ । समितिमा सांसदहरुले सामान्य प्रशासनमन्त्री हृदेश त्रिपाठीलाई आमन्त्रण गरेको भएपनि उनी सहभागि भएनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *