भिडियोः जेएनयूमा आधा रातमा हतियारसहित नकाबधारीको आक्रमण, २८ घाइते

डिसी नेपाल
२१ पुष २०७६ ८:२७

नयाँ दिल्ली। दिल्लीको जवाहरलाल नेहरु विश्वविद्यालयमा आइतबार राती नकाबधारीहरुले आक्रमण गरेका छन् । आधा रातमा विश्वविद्यालयको क्याम्पसभित्र प्रवेश गरेका उनीहरु लाठी, रड, ढुंगा लगायतका हतियारसहित प्रवेश गरेको द हिन्दूले लेखेको छ

उनीहरुले हतियारसहित प्रवेश गरी विद्यार्थी तथा शिक्षकहरुमाथि आक्रमण गरेको र विश्वविद्यालयमा तोडफोड गरेको समाचारमा जनाइएको छ । जेएनयू विद्यार्थी युनियनका अध्यक्ष आइशा घोषसहित कम्तीमा २८ जना घाइते भएको बताइएको छ । आक्रमणकारीहरु र विद्यार्थी तथा शिक्षकबीच करिब २ घण्टा संघर्ष भएको समाचारमा उल्लेख छ । रक्ताम्य अध्यक्ष घोषको भिडियो विश्वविद्यालय विद्यार्थी युनियनले ट्वीटरमा पोस्ट गरेको छ । विद्यार्थी संगठनले ती आक्रमणकारीहरु अखिल भारतीय विद्यार्थी परिषदका कार्यकर्ता भएको दावी गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *