तोलाको ७६ हजार पुग्यो सुनको भाउ, चाँदीमा पनि उच्च रेकर्ड कायम

डिसी नेपाल
२१ पुष २०७६ ११:२२

काठमाडौं । आज पुस २१ गते (जनवरी ६ तारिख) का दिन सोमबार नेपाली बजारमा सुनको मूल्यले अर्को ऐतिहासिक रेकर्ड बनाएको छ।

हिजो साताको पहिलो दिन (आइतबार) तोलामा एक हजार रुपैयाँ बढेर उच्च रेकर्ड बनाएको सुनको भाउ आज सोमबार पनि तोलामा ५ सय रुपैयाँ बढेको छ।

आज छापावाल सुन प्रतितोला ७६ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ। आज पनि सुनको भाउले अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेको छ।

त्यस्तै, शुक्रबार ७५ हजार २ सय रुपैयाँमा कारोबार भएको तेजावी सुनको भाउ बढेर आज प्रतितोला ७५ हजार ७ सय रुपैयाँ पुगेको छ ।

आज चाँदी प्रतितोला ९ सय २० रूपैयाँमा कारोबार भईरहेको छ । आइतबार चाँदी ९ सय रुपैयाँमा कारोबार भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *