ठूलो मात्रामा लगाएको गाँजा र अफिमखेती नष्ट
हेटौंडा । नेपाल प्रहरीले पचास बिघाहा क्षेत्रफलमा लगाएको अफिमखेती नष्ट गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले मकवानपुरमा ६० बिघाहा १० कठ्ठामा लगाइएको गाँजा र ५० बिघाहा छ कठ्ठामा लगाइएको अफिमखेती नष्ट गरेको हो ।
ब्यूरोका प्रमुख, प्रहरी नायब महानिरीक्षक दिनेश अमात्यले मकवानपुरको राक्सीराङ गाउँपालीकाको ज्यामुङ, डण्डुटार, सुनारी, सौराहा, सानो भावर, रानीवाङ, माकदमार, देवीटार, काँकडा, ठूलोभावर, सिम्किम, बटार, पाङबुङलगायत गाउँमा लगाइएको गाँजा र अफिमखेती नष्ट गरिएको जानकारी दिए ।
“लागुऔषधको अवैधखेती भएको जानकारीको आधारमा ब्यूरोको प्रहरीले मकवानपुरमा पुगेर गाँजा र अफिमखेती नष्ट गरेको हो,” उनले भने। ब्यूरोले गाँजा र अफिमखेती नष्ट गर्न प्रहरी निरीक्षकको नेतृत्वमा ७८ जना प्रहरीलाई मकवानपुर पठाएको थियो । प्रहरीले यही पुस १६ देखि १९ गतेसम्म मकवानपुरमा लगाएको गाँजा र अफिम खेती नष्ट गरेको ब्यूरोले जनाएको छ ।
Facebook Comment