आज सबै देशको भाउ बढ्यो, कुन देशको विनिमयदर कति ?

डिसी नेपाल
२२ पुष २०७६ ६:३२

काठमाडौं । आज पुस २२ गते मंगलबार (जनवरी ७ तारिख) आज अमेरिकी डलरसहित सबै देशको विनिमयदर बण्ेको छ ।

आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ८० पैसा तथा बिक्रिदर ११५ रुपैयाँ ४० पैसा रहेको छ। सोमबारको तुलनामा २२ पैसा बढेको हो ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ५० रुपैयाँ ९८ पैसा र बिक्रिदर १५१ रुपैयाँ ७७ पैसा रहेको छ। यूके पाउण्ड सोमबारको तुलनामा एक रुपैयाँ ४९ पैसा बढी हो ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ६० पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ७६ पैसा रहेको छ।

त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ५२ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ६९ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३१ रुपैयाँ २५ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ४२ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ९७ पैसा तथा बिक्रिदर २८ रुपैयाँ १२ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ७८ रुपैयाँ ८० पैसा तथा बिक्रिदर ३ सय ८० रुपैयाँ ७८ पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर ३ सय ४ रुपैयाँ ४६ पैसा तथा बिक्रिदर ३ सय ६ रुपैयाँ ५ पैसा रहेको छ।

यस्तो छ सबै देशको विनिमयदर तालिका




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *