आज काठमाडौँका यी क्षेत्रमा ७ घण्टा बत्ती जाने
काठमाडौ । आज काठमाडौँका केही ठाउँमा सात घण्टा बिजुली काटिने भएको छ ।
कलंकी चाबहिल चक्रपथ विस्तारका लागि रुख काट्नुपर्ने भएकाले आज महाराजगञ्ज वितरण केन्द्रको ओम फिडरबाट वितरण हुने लाइन बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म बन्द हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
सो महाराजगञ्ज वितरण लाइन बन्द हुँदा सुकेधारा, न्यू कोलोनी, ढलाने पुल, निलो पुल, लगायतको क्षेत्रमा सात घण्टा बिजुली काटिने भएको हो ।
प्रतिक्रिया
Facebook Comment