महिला र पुरुष पुलिस अफिसर गस्तीका क्रममा पुलिस कारमै यौनमा लिप्त भएपछि…
![महिला र पुरुष पुलिस अफिसर गस्तीका क्रममा पुलिस कारमै यौनमा लिप्त भएपछि…](https://www.dcnepal.com/wp-content/uploads/2020/01/Raptor_05.jpg)
काठमाडौं। एक पुलिस अफिसर गस्तीको क्रममा सहकर्मी महिला पुलिस अफिरसँग पुलिस कारमै यौनमा लिप्ट भेटिए । घटनाको खुलासापछि महिला पुलिसकर्मीले जागिर छोडिदिइन् तर पुरुष पुलिसकर्मी भने जागिर जोगाउन प्रयासरत छन् । बेलायती मिडिया मिररका अनुसार घटना बेलायतको वेल्सको हो ।
यो घटनाको जाँचको लागि एक कमिटी गठन गरिएको छ र अनुसन्धान जारी छ । पुलिस कारमा यौन सम्बन्ध राख्ने ५९ वर्षका एजेक्स प्रिन्स र २८ वर्षकी एब्बी पावेल एउटै पुलिस स्टेशनमा काम गर्थे । घटनाको दौरान दुवै युनिफर्ममै थिए । पावेलले ड्युटीको क्रममा यौन क्रिडामा संलग्न रहेको स्वीकार गरेकी छिन् ।
घटना २ वर्ष पहिले भएको थियोतर घटना भएको एक वर्षपछि पुलिस अधिकारीहरुमाथि आरोप लगाइएको थियो । जाँच कमिटीले अहिलेसम्म फैसला लिएको छैन । जाँचको क्रममा दुवै पुलिसकर्मीले आफूहरुको काम गलत भएको स्वीकार गरेका थिए । एक अधिकारीका अनुसार जाँचको सुरुमै पावेलले गलत व्यवहार गरेको स्वीकार गरेकी थिइन् । प्रिसले भने पहिलो पटकको सोधपुछमा आरोप अस्वीकार गरेका थिए । ३ दिनपछि दोस्रो पटक सोधपुछमा उनले आरोप स्वीकार गरेका थिए ।
Facebook Comment