“सबैभन्दा खतरनाक बलात्कारी”लाई सजाय सुनाइयो, २ वर्षमा १९० पुरुषलाई बलात्कृत

डिसी नेपाल
२२ पुष २०७६ ९:४५

काठमाडौं। एक जना निकै खतरनाक अपराधीलाई सजाय सुनाइएको छ । यी बलात्कारीले २ वर्षको अवधिमा १९० जना पुरुषलाई बलात्कार गरेका थिए । ३६ वर्षका रेनहार्ड सिनागा नामका ती अपराधीलाई सोमबार आजीवन कारावासको सजाय सुनाइएको मिररले जनाएको

बेलायती मिडियाले उनलाई सबैभन्दा खतरनाक बलात्कारी भनेका छन् । उनले सबै अपराध २०१५ देखि २०१७ को बीचमा गरेका थिए । अदालतले उनलाई सजाय सुनाउँदै निकै खतरनाक अपराधी भनेको छ । पुलिसका अनुसार उनीबाट पीडितको संख्या २०० सम्म हुन सक्छ । कैयौं घटनामा अनुसन्धान हुनै बाँकी छ ।

रेनहार्डले म्यान्चेस्टरस्थित आफ्नो २ कोठाको फ्ल्याटमा सबै अपराध गरेका थिए । रेनहार्डको गिरफ्तारीलगत्तै खिचिएका घरका फोटोहरुमा रगतका धब्बा देखिएका छन् । पुलिसका अनुसार अन्तिम पीडित र यी अपराधीबीच लडाइँ भएको थियो जसका कारण रगतका धब्बा भेटिएका थिए । घरमा पुलिसले ठूलो परिमाणमा मदिरा बरामद गरेको थियो । मदिरा पिलाउने क्रममै उनी पीडितहरुलाई ड्रग्स दिन्थे । रेनहार्डको फ्ल्याट नजिकै एक नाइट क्ल्व छ नाइट क्लवमा आउने कैयौंलाई उनले शिकार बनाएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *