पश्चिम अफगानिस्तानमा ६९ तालिबानी लडाकूले आत्मसमर्पण गरे

डिसी नेपाल
२२ पुष २०७६ १६:२५

फिरोजकोआह । अफगानिस्तानको पश्चिमी प्रान्त घोरमा अफगान सैनिकसमक्ष ६९ जना तालिबानी लडाकूहरुले आत्मसमर्पण गरेका प्रान्तीय सरकारले मङ्गलबार जानकारी दिएको छ ।

अफगानिस्तान नेसनल आर्मी (एएनए) द्वारा गत एक हप्ताको अवधिमा तालिबानी लडाकूविरुद्ध कारबाही शुरु गरेको थियो ।

सोही कारबाहीको क्रममा यसै हप्ता करिब ३ सय तालिबानी लडाकूले आत्मसमर्पण गरिसकेका थिए । सोमबार साँझ मात्र ६९ तालिवान लडाकूले शाहरक जिल्लामा सेनामा आत्मसमर्पण गरेका गभर्नर गुलाम नासिर खाजेले सिन्हवालाई बताएका छन्।

आत्मसमर्पण गर्ने क्रममा तालिबान लडाकू समूहले सेनासमक्ष विभिन्न हातहतियार पनि हस्तान्तरण गरेका अधिकारीहरुले जनाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *