राष्ट्रपति पुटिन र असदबीच सिरियामा भेटवार्ता
![राष्ट्रपति पुटिन र असदबीच सिरियामा भेटवार्ता](https://www.dcnepal.com/wp-content/uploads/2020/01/645x344-1578408164211.jpg)
दमास्कस । रूसी नेता भ्लादिमिर पुटिन र सिरियाली राष्ट्रपति बसर अल–असदबीच मङ्गलबार राजधानी दमास्कसमा भेटवार्ता भएको छ ।
नेता पुटिन सिरियामा युद्ध जारी भएको नौ वर्षपछि पहिलो पटक दमास्कस पुगेका हुन् । भ्रमणका बिषयमा यस पहिले सार्वजनिक गरिएको थिएन ।
रूसी राष्टपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “राष्ट्रपति पुटिनले सिरियाली समकक्षी अल–असदसँग दमास्कसस्थित रूसी सेनाको कार्यालयमा भेट गर्नुभएको छ ।” नेता पूटिनले सिरियामा जारी द्वन्द्व अब धेरै नरहने विश्वास आफूलाई लागेको पाएकोे उनका प्रवक्ता दिमित्री पेश्कोभले सञ्चारमाध्यमलाई बताए ।
सिरियाको भूमिलाई केन्द्र सरकारको नियन्त्रणमा ल्याउने बृहत् यात्रा अब करिब अन्त्यतिर पुगेको असदले पुटिनलाई बताएको रूसी सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
Facebook Comment