अमेरिकाद्वारा आफ्ना विमानलाई इरान-इराकको आकाशमा उड्न प्रतिबन्ध

डिसी नेपाल
२३ पुष २०७६ १०:३१

एजेन्सी । इरानले इराकस्थित अमेरिकाका दुई हवाई सैन्य आधार शिविरमा दर्जनौँ बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि अमेरिकाले इरान–इराकको आकाशमा आफ्ना विमानलाई उड्न प्रतिबन्ध लगाएको छ ।

इरानले आफ्ना दुई हवाई सैन्य आधार शिविरमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकलाई सम्यम्ता अपनाउन आग्रह गर्दै अमेरिकी विमानलाई ती देशका आकाशमा उड्न प्रतिबन्ध लगाएको हो । अहिले अमेरिकी एयरलाईन्स कम्पनी नागरिक उड्ययन प्राधिकरणको निरन्तर सम्पर्कमा रहेको सिएनएनले जनाएको छ ।

अमेरिकाले भनेको छ, अब अमेरिकी विमानले इरान र इराकको आकास भएर उडान भर्ने छैनन् ।

रिर्पोटका अनुसार इरानले अमेरिकी हवाई सैन्य आधार शिविरमा एक दर्जनबढी बलिस्टिक क्षेप्यास्त्र आक्रमण गरेको छ ।

इरानले यो हमला आफ्नो कमान्डर सुलेमानीको हत्याको बदलामा भएको जनाएको छ । आफ्ना कमान्डरको हत्यापछि इरानले गम्भीर परिणाम भोग्न तयार रहन अमेरिकालाई चेतावनी दिँदै आएको थियो ।

उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकमा भएका पल पलका घटनाबारे जानकारी लिईरहेको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्।

इरानद्वारा २ अमेरिकी सैन्य आधार शिविरमा क्षेप्यास्त्र आक्रमण

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *