इरानका विमन दुर्घटनापछि न्युल्कियर पावर प्लान्टमा भूकम्पको झड्का

डिसी नेपाल
२३ पुष २०७६ १०:४७

एजेन्सी। इरान र अमेरिकाबीच बढ्दो तनावबीच इरानको राजधानी तेहरानमा एक अन्तर्राष्ट्रिय विमानस्थल नजिकै उडान भरेपछि बोइङ विमान दुर्घटनाग्रस्त भएको छ। विमानमा १८० जना यात्रु सवार थिए। विमान दुर्घटनाको समाचार आउने वित्तिकै इरानकै बुशहरको न्यूक्लियर पावर प्लान्ट नजिकै भूकम्पको झड्का महशुस गरिएको छ।

इरानको राजधानी तेहरानस्थित इमाम खुमेइनी अन्तर्राष्ट्रिय विमानस्थल नजिकै बोइङ ७३७ विमान दुर्घटना भएको हो। यो विमान युक्रेनको हो र यसमा १८० जना यात्रु सवार थिए। यो विमान जतिबेला दुर्घटनाग्रस्त भयो त्यो बेला ७९०० फिटको उचाइमा थियो।

विमान दुर्घटनाको केही समयपछि इरानको दक्षिण–पश्चिम क्षेत्रको बुशहरस्थित न्यूक्लियर पावर प्लान्ट नजिकै भूकम्पको झड्का महशुस गरिएको थियो। भूकम्प ४.९ रेक्टरस्केलको थियो। सोही ठाउँमा डिसेम्बर २६ मा पनि भूकम्पको झड्का महशुस गरिएको थियो।

पछिल्लो समयमा इरान र अमेरिकाबीचको सम्बन्ध निकै तनावपूर्ण छ। विगत केही वर्षदेखि अमेरिका र इरानबीचको सम्बन्धमा चिसोपना आइरहेको छ। विगत केही दिनदेखि दुवै देशबीच युुद्धको आशंकाबीच इराकस्थित अमेरिकी सैन्य अखडामा इरानले रकेट आक्रमण गरेको छ।

अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार इराकस्थित अमेरिकी सैन्य अखडामा दर्जन भन्दा धेरै ब्यालेस्टिक मिसाइल प्रहार गरिएको छ। पेन्टागनले इरानले आक्रमण गरेपछि भएको क्षतिका विषयमा विश्लेषण गर्ने काम भइरहेको छ।

अमेरिका र इरानबीच जारी तनाब त्यतिबेला उग्र भयो जतिबेला अमेरिकाले बगदादमा ड्रोन आक्रमणमा इरानका कुद्स कमाण्डर कासिम सुलेमानीको हत्या गरेको थियो। त्यसपछि दुई देशबीचको विवाद उत्कर्षमा पुगेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *