इराकी राष्ट्रपति सालेहद्वारा सैन्य शिविरमा इरानले गरेको आक्रमणको आलोचना

डिसी नेपाल
२३ पुष २०७६ २१:०६

इराकी राष्ट्रपति बारहम सालेहले बुधबार इरानद्वारा अमेरिकी तथा अन्य विदेशी सैनिक रहेका इराकी सैन्य शिविरमा हवाई आक्रमणको भत्र्सना गरेका छन् । उनले मध्यपूर्वमा विकसित ‘खतरनाक घटनाक्रम’प्रति चिन्ता प्रकट गरेका छन् ।

इराकी राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “इराकी भूमिमा रहेका सैनिक शिविरमा इरानद्वारा गरेको क्षेप्यास्त्र आक्रमणको हामीले कडा शब्दमा निन्दा गर्छौँ । हामीले सार्वभौम इराकी भूमिमा भएका र हुनसक्ने सबैप्रकारका कानून उल्लङ्घनका घटनाप्रति फेरि एक पटक सम्बद्ध सबैको ध्यानाकर्षण गराउन चाहन्छौँ ।”

“रणभूमिमा रूपान्तरण गर्नेगरी भएका आक्रमण र सम्भावित आगामी गतिविधिप्रति इराक गम्भीर विरोध जनाउछ ।” गत शुक्रबार इराकको राजधानी बग्दादमा इरानी विशेष सुरक्षा बल कुड्सका प्रमुख जनरल कासिम सुलेमानीको अमेरिकी ड्रोन आक्रमणमा मृत्यु भएको र मङ्गलबार उनको अत्येष्टि गरिएको थियो ।

इरानी जनरल अमेरिकी आक्रमणमा मारिएको बदलामा इरानले बुधबार बिहानै दर्जनभन्दा बढी क्षेप्यास्त्र अमेरिकी सैनिक रहेको इराकी शिविरमा लक्षित गरी आक्रमण गरेको थियो । इरानले उक्त आक्रमणमा करिब ८० अमेरिकीको मृत्यु भएको दावी गरेको छ । यसको स्वतन्त्र पुष्टि भने भएको छैन ।

अमेरिकी राष्ट्रपतिले क्षेप्यास्त्र आक्रमणबाट आफ्ना नागरिकलाई केही नभएको तर यस सम्बन्धमा बिस्तृत विवरण दिन बुधबार एक विज्ञप्ति जारी गर्ने बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *