गुणस्तरीय सामग्री उपलब्ध गराउन व्यवसायीको भूमिका महत्वपूर्ण

डिसी नेपाल
२३ पुष २०७६ २१:१७

काठमाडौं । भूकम्पपछिको पुनःनिर्माणमा प्रयोग हुने निर्माण सामग्रीको गुणस्तरीयता कायम गराउन उद्योगी एवं व्यवसायीको भूमिका महत्वपूर्णमा हुनेमा जोड दिइएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल (टिआइ नेपाल) को आयोजनामा आज नेपाल उद्योग वाणिज्य महासङ्घको कार्यालयमा आयोजित उद्योगी एवं व्यवसायीसँग ‘भूकम्पपछिको पुनःनिर्माण र पुनःस्थापनामा निजी क्षेत्रको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रमका सहभागीले निर्माण सामग्रीमा सदाचार कायम गराउन सबै पक्षको समन्वयात्मक भूमिका हुनुपर्नेमा जोड दिए ।

टिआइ नेपालका महासचिव मुकुन्दबहादुर प्रधानले सिमेन्ट, छड जस्ता निर्माण सामग्रीको पनि मिति सकिने अवधि हुने भएकाले त्यसको विचार नगरी बनाइएका संरचनाको दिगोपनामा प्रभाव पर्ने भएकाले उपभोक्ता सचेत हुनुपर्ने बताए। सबै व्यवसायी खराब नभए पनि केही मानिसका कारण उद्योगी व्यवसायी बदनाम नगराउन पारदर्शीरुपमा महासंघले काम गर्नुपर्ने उनको सुझाव थियो । महासंघ प्रदेश नं ३ का अध्यक्ष दीनेश श्रेष्ठले सिमेन्ट, रड जस्ता निर्माण सामग्रीको गुणस्तर सरकारले तोकेर नियमन पनि गरे सहयोग गरिने प्रतिबद्धता जनाए । विपद् जतिसुकै बेलामा हुनसक्ने भएकाले पूर्वतयारीमा सरकारी निकायका साथै निजी क्षेत्रले पनि पूर्वतयारी गर्नुपर्नेमा सहभागी वक्ताले जोड दिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *