मध्यपूर्वमा शक्ति थप्ने ट्रम्पको घोषणा
वाशिङ्टन (एजेन्सी) । इरान र अमेरिकाबीच तनाव उत्कर्षमा रहेका बेला अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बुधबार पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गरेका छन्।
ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले इरानले इराकस्थित अमेरिकी सैन्य शिविरमा गरेको आक्रमणमा कुनै मानवीय क्षति नभएको जानकारी दिएका छन्। उनले भने, ‘हाम्रो जागरुकता र प्रविधिका कारण आक्रमणमा केही क्षति भएन।’
उनले मध्यपूर्व अँझै अमेरिकाको प्रभाव बढ्ने भन्दै आफ्नो सेना विश्वकै शक्तिशाली रहेकोसमेत बताए। उनले आफु राष्ट्रपति रहेसम्म इरानले परमाणु हतियार प्राप्त गर्न नसक्ने भन्दै इरानले आफ्नो रवैया परिवर्तन नगरेसम्म अमेरिकाको प्रतिबन्ध जारी रहने बताए। उनले अमेरिकी नागरिक वा सेनामाथि कुनै आक्रमण भए इरानमाथि थप नाकाबन्दी लगाउने चेतावनीसमेत दिए।
उनले रुस, चीन र जर्मनीले इरानको सत्यता बुझ्नुपर्ने भन्दै आफुले परमाणु सम्झौता त्यागेर ठिक गरेको तर्क गरे। उनले आईएसआईका प्रमुख अब्बु अली बग्दादी र इरानी सेनाका सैन्य कमाण्डर कासिम सुलेमानीलाई मारेर आम जनतालाई बचाएको दावी गरे। उनले आफ्नो निर्देशनमा सुलेमानी मारिएकोसमेत बताए।
Facebook Comment