राजकुमार ह्यारी र मेगनले शाही उपाधि त्यागे
काठमाडौं। बेलायतको राजपरिवारका सदस्य ह्यारी र मेगन मार्कलले शाही भूमिकाबाट अलग बस्ने घोषणा गरेका छन् । आर्थिक रुपमा आत्मनिर्भर बन्न दुवै जना काम गर्ने चाहनास्वरुप उनीहरुले सो निर्णय लिएको बताइएको छ । एक व्यक्तव्य जारी गर्दे उनीहरुले अबको समय बेलायत र उत्तर अमेरिकामा बस्ने बताएका छन् ।
ह्यारी र मार्कलको उक्त निर्णयबाट बेलायती राजपरिवारका वरिष्ठ सदस्यहरु दुःखी भएको द सनले जनाएको छ । शाही जिम्मेवारीबाट अलग रहने घोषणाबारे उनीहरुको बेलायती महारानी एलिजावेथ र अन्य सदस्यसँग छलफल नगरेको बताइएको छ । यसैले पनि बेलायती राजदरबार उनीहरुको निर्णयका कारण निकै निराश रहेको बताइन्छ ।
ह्यारी र मार्कलले आफूहरुले लिएको निर्णयले बेलायती राजसंस्थामा नयाँ सुरुवात गर्ने भन्दै लेखेका छन्, ‘हामी महारानीप्रतिको कर्तव्य जारी राख्नेछौँ । हामी भौगोलिक सन्तुलन मिलाएर हाम्रा सन्तानलाई शाही परम्परामा हुर्कन सक्षम बनाउने छौँ । यसबाट हाम्रो परिवारको ध्यान नयाँ अध्यायमा केन्द्रित हुनेछ । यससँगै नयाँ परोपराकारी संस्थाको पनि सुरुवात हुनेछ ।’
Facebook Comment