इरानमा दुर्घटना भएको विमानका पाइलटले इमरजेन्सी सहयोग मागेकै थिएनन्

डिसी नेपाल
२४ पुष २०७६ १३:१३

काठमाडौं। इरानको तेहरानमा दुर्घटना भएको युक्रेनी एयरलाइन्सको विमानका पाइलटले रेडियो सहयोगका लागि कुनै कल गरेका थिएनन् । इरानी अनुसन्धानकर्तालाई उद्धृत गर्दै बेलायती मिडिया द सनले लेखेअनुसार पाइलटले विमान आकाशबाट खस्ने बेला उडान भरेकै विमानस्थलतर्फ नै फर्किने प्रयास गरिरहेका थिए ।

दुर्घटना भएको बोइङ ७३७–८०० विमानको ब्लाक बक्स भेटिएको छ तर इरानले यसलाई दिन अस्वीकार गरिरहेको छ । विमान खस्नुअघि आकाशमै आलो लागेको थियो जसमा यात्रु र क्रु मेम्बर गरी १७६ जना बोर्डमा थिए । यी सबैको मृत्यु भएको छ । यो दुर्घटना तेहरानले इराकस्थित अमेरिकी बेसमा १५ मिसाइल फायर गरेको केही घण्टामै भएको थियो जसका कारण यो विमान इरानी एयर डिफेन्सले झुक्किएर मिसाइल हान्दा खसेको हुन सक्ने समेत आशंका गरिएको छ ।

इरानले दुर्घटनाको जाँच आफैं गरिरहेको छ र आज पाइलट दुर्घटनाअघि फर्किन प्रयासरत रहेको जनाएको छ । तीन अमेरिकी स्रोत, एक युरोपेली र एक क्यानेडियन स्रोतका अनुसार प्रारम्भिक जाँचमा विमानमा प्राविधिक गडबडी भएको पाइएको छ । जहाजका २ मध्ये उक इन्जिन धेरै तातेको पाइएको क्यानेडियन स्रोतले जनाएको छ । विमानमा रहेका १६८ यात्रु र ९ क्रु सदयमध्ये ६३ क्यानेडियन र ३ ब्रिटिश नागरिक थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *