१६ जना विदेशी कुटनीनिज्ञ जम्मु कश्मिर यात्रामा
नयाँ दिल्ली। भारत सरकारको निमन्त्रणमा विदेशी कूटनीतिज्ञको टोलीले बिहीबार जम्मू–कश्मिरको भ्रमण गर्दैछ । युरोपियन युनियनका प्रतिनिधि सो टोलीमा सहभागी छैनन् । तर अमेरिकी प्रतिनिधि भने भ्रमण टोलीमा छन् ।
विदेशी कूटनीतिज्ञको टोलीमा १६ जना रहेका छन् । निर्देशित भ्रमणमा इयू सामेल हुन नचाहेको इयू स्रोतले जनाएको छ । इयूले आफ्ना प्रतिनिधिले पछि जम्मू–कश्मिरको यात्रा गर्ने र चाहेका व्यक्तिहरुसँग भेट गर्ने जनाएको छ ।
प्रतिक्रिया
Facebook Comment