इरानको सिमाना नजिकै अमेरिकी हवाई आक्रमण, विद्रोही कमाण्डरको मृत्यु

डिसी नेपाल
२५ पुष २०७६ ७:५९

काबुल । संयुक्त राज्य अमेरिकाको हवाई आक्रमणमा पश्चिमी अफगास्तिानको हेरातमा क्रियाशिल तालिबानबाट टुक्रिएको एक समूहको कमाण्डर र अरू धेरै लडाकु मारिएका अफगानी अधिकारी तथा सैनिक स्रोतले जनाएको छ ।

मुल्ला नाङ्ग्यालय नामका कमाण्डर इरानको सिमाना नजिक पर्ने सिन्दान्द जिल्लामा मारिएको हेरातका गभर्नरका प्रवक्ता जेलनी फरहादले बताए।

अफगानी तालिवानका संस्थापक नेता मुल्लाह ओमारको सन् २०१३ मा भएको मृत्युपछि नाङ्ग्यालयको समूह टुक्रिएर मुल्लाश रसुलले नेतृत्व गरेको समूहमा मिलेको थियो।

प्रान्तीय प्रहरीका एक वरिष्ठ अधिकारीका अनुसार अफगानिस्तानको उक्त आक्रमण अमेरिकी ड्रोनद्वारा गरिएको थियो।

अफगानिस्तानमा कार्यरत उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) सम्वद्ध एक स्रोतले एएफपीलाई बताए अनुसार “नेटो सेनाले ‘अफगान सेनाको समर्थनमा एक रक्षात्मक हवाई हमला’ गरेको थियो।

हेरातका प्रवक्ताले यस अभियानमा अमेरिकीको सहभागिता पुष्टि गरेका छन्।

तालिवान समूहले वाशिङ्टनसँग एक बर्ष भन्दा बढी समयदेखि वार्ता गरिरहेको छ।

अमेरिकाले आफ्नो सेनालाई स्वदेश फिर्ता गर्नुपूर्व तालिवान समूहहरूद्वारा अफगानिस्तानमा शान्ति वार्तामार्फत् सुरक्षाको प्रत्याभूत गर्नुपर्ने बताउँदै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *