कवाडीवालाले धातुको डल्लो ठानेर बम किने, त्यसबाट पित्तल निकाल्न हथौडाले हान्दा…
काठमाडौं। कवाडी संकलन गर्ने एक व्यक्तिले धातुको डल्लो ठानेर एउटा डल्लो किनेर ल्याए । उनले त्यसबाट पित्तल निकाल्नको लागि हथौडाले हान्दा निकै भयानक दुर्घटना भएको छ । आज तकको समाचार अनुसार मध्य प्रदेशको सागरमा बिहीबार दुर्घटना भएको हो । उनले किनेर ल्याएको डल्लो कम थियो जो विष्फोट भएको हो । बम विष्फोटबाट एक जनाको शरीर क्षतविक्षत भएर मृत्यु भएको छ । अन्य २ जना घाइते भएका छन् । घटना सागरको मकरोनिया थाना क्षेत्रको हो । यहाँ एक कवाडी पसलमा भएको विष्फोटमा एकको मृत्यु र २ जना घाइते भएका हुन् ।
बताइएअनुसार आनन्द नगर इलाकामा कवाडीको एक पसलमा बवाडी संकलन गर्दा ल्याइएको एक बमबाट पित्तल निकाल्न खोज्दा विष्फोट भएको हो । यो विष्फोटमा पसलमा काम गर्ने बैजनाथ अहरिवारको मृत्युभ एको छ । पसल मालिक पप्पु साहू र उनका भतिजा मनोज घाइते भएका छन् । दुवैलाई उपचारको लागि बुंदेलखंड मेडिकल कलेजमा भर्ना गरिएको छ । घाइतेहरुले बताएअनुसार बैजनाथ पसलको पछाडिपट्टि गएर बमबाट पितल निकाल्ने प्रयास गर्दै थिए । यसको लागि उनले बममा हथौडा हानिरहेका थिए । यही क्रममा बम विष्फोट भएको हो ।
Facebook Comment