इरानको एयरस्पेस प्रयोग नगर्न निगमको निर्देशन, अब खाडी जाने विमान घुमेर जाँदा ढिलो हुने

डिसी नेपाल
२५ पुष २०७६ १३:११

काठमाडौँ। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले बुधबारदेखि मध्यपूर्वमा उडान भर्ने आफ्ना विमानलाई इरानको आकाश प्रयोग नगर्न निर्देशन दिएको छ। निगमले इरानको एयरस्पेस छल्दै ओमनको बाटो भएर उडान भर्न निर्देशन दिएको हो।

नेपाल बायुसेवा निगमका प्रवक्ता गणेशबहादुर चन्दका अनुसार इरान–अमेरिका तनावका कारण सुरक्षाको दृष्टिले यस्तो निर्देशन दिइएको हो।

यसअघि काठमाडौंबाट खाडी जाने विमानले नेपालपछि क्रमशः भारत, पाकिस्तान र इरानको एयरस्पेस प्रयोग गर्थे। अब भने ती विमान पाकिस्तानको एयरस्पेसपछि फारसको खाडी हुँदै ओमनको आकाशमा पुग्नेछन्। जसले गर्दा अब काठमाडौंबाट बहराइन, युएई, कतार, साउदी र कुवेतका लागि उडेका जुनसुकै एरलायन्सका जहाजलाई त्यहाँ पुग्न पहिलेको समय भन्दा केही बढी लाग्नेछ।

हाल काठमाडौंमा २८ वटा अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान भर्दै आएका छन् जसमा मध्यपूर्व र पश्चिमी रुटबाट आवतजावत गर्ने एयरलाइन्सको धैरै छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *