राष्ट्रपति भण्डारीद्वारा डढेलो पीडित अष्ट्रेलियालाई समवेदना
काठमाडौं। डढेलोबाट ठूलो जनधनको क्षति भोगेको अष्ट्रेलियालाई राष्ट्रपति विद्यादेवी भण्डारीले समवेदना दिएकी छन्।
परराष्ट्रमन्त्रालयका अनुसार राष्ट्रपति भण्डारीले शुक्रबार अष्ट्रेलियालाई समवेदना पत्र पठाउँदै त्यहाँ भएको क्षतिप्रति दुःख व्यक्त गरेकी छन्।
राष्ट्रपति भण्डारीले कमनवेल्थ अफ अष्ट्रेलियाका गर्भनर जनरल डेभिड हुर्लिलाई समवेदना पत्र पठाउँदै उनीप्रति र अष्ट्रेलियाका जनताप्रति समवेदना प्रकट गरेकी छन्।
उनले पत्रमा डढेलेको कारण जीवन गुमाउने अष्ट्रेलियन नागरिकप्रति गहिरो समवेदना प्रकट गर्दै अष्ट्रेलिया सरकार र त्यहाँका जनता डढेलो नियन्त्रण गर्न सक्षम हुने विश्वास व्यक्त गरेकी छन्।
गएको सेप्टेम्बरदेखि अष्ट्रेलियामा लागेको डढेलोका कारण हालसम्म २७ जनाको मृत्यु भएको छ। यस्तै ५० करोड पशुपंक्षीको पनि जलेर मृत्यु भएको छ भने हाल अष्ट्रेलियाले गम्भीर प्राकृतिक समस्या भोगिरहेको छ।
Facebook Comment