आज घट्यो सबै देशको विनिमयदर, कुन देशको कति ?
काठमाडौं । आज पुस २६ गते शनिबार अमेरिकी डलरसहित प्राय सबै देशको विनिमयदर ओरालो लागेको छ ।
आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ २१ पैसा तथा बिक्रिदर ११५ रुपैयाँ ८१ पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४७ रुपैयाँ ९६ पैसा र बिक्रिदर १४८ रुपैयाँ ७५ पैसा रहेको छ।
साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १८ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३४ पैसा रहेको छ।
त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २५ पैसा रहेको छ।
युएई दिराम एकको खरिददर ३० रुपैयाँ ८२ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ९८ पैसा रहेको छ।
मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ७७ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ९२ पैसा रहेको छ।
कुवेती दिनार एकको खरिददर ३ सय ७३ रुपैयाँ ७ पैसा तथा बिक्रिदर ३ सय ७५ रुपैयाँ ५ पैसा रहेको छ।
बहराईन दिनार एकको खरिददर ३ सय रुपैयाँ २५ पैसा तथा बिक्रिदर ३ सय १ रुपैयाँ ८४ पैसा रहेको छ।
Facebook Comment