ट्रकसँग ठोक्किएर बसमा आगलागी, २० यात्रुको मृत्यु, २१ गम्भीर
काठमाडौँ । भारतको उत्तरप्रदेशमा यात्रुवहाक बस ट्रकसँग ठोकिँदा बसमा भीषण भएको छ । जसबाट बसमा सवार २० जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमहरु भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
शुक्रबार राति साढे ९ बजे उत्तर प्रदेश कन्नौजको छिबरामउ–जीटी रोडमा पर्ने घिलोई गाउँमा ट्रकसँग ठोक्किएर बसमा आगो लागेको हो । बसबाट २१ जना घाईतेको उद्धार गरिएको छ। कतिपयले बसबाट हामफालेर ज्यान जोगाएका छन्।
एसीयुक्त बस र ट्रक आपसमा ठोक्किनासाथ दुवैमा आगो लागेको थियो ।
उक्त भयानक दुर्घटनाप्रति उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई तत्काल दुई–दुई लाख र घाइतेहरुलाई ५० हजार भारतीय रुपैयाँ राहत दिने घोषणा गरेका छन् ।
मुख्यमंत्री श्री @myogiadityanath जी ने जनपद कन्नौज में डबल डेकर बस में आग लगने की घटना का त्वरित संज्ञान लिया है।
मुख्यमंत्री जी ने जनपद कन्नौज के जिलाधिकारी व पुलिस अधीक्षक को तत्काल घटनास्थल पर पहुंचने और यात्रियों को बेहतर चिकित्सा सुविधा मुहैया कराने के निर्देश दिए हैं।
— CM Office, GoUP (@CMOfficeUP) January 10, 2020
Facebook Comment