इरानले १७६ जनाको ज्यान गएको युक्रेनी जहाज आफूले खसालेको स्वीकार्‍यो

डिसी नेपाल
२६ पुष २०७६ ९:५३

तेहरान। इरानको राजधानी तेहरानमा १७६ जनाको ज्यान जानेगरी खसेको युक्रेनी हवाइजहाज इरानले आफूले खसालेको स्वीकार गरेको छ । यद्यपि उसले यो जहाज आफ्नो सेनाले नियतवश खसालेको नभइ दुर्घटनावश यस्तो हुन गएको बताएको समाचार एजेन्सी एपीले जनाएको छ । इरानले शनिबार एक वक्तव्य जारी गर्दै यो घटनामा ‘मानवीय त्रुटि’ जिम्मेवार भएको जनाएको छ ।

युक्रेनियन इन्टरनेशनल एयरलाइन्सको बोइङ ७३७ विमान टेकअफको क्रममै आकाशमै विष्फोट भइ इरानको तेहरानमा खसेको थियो । यो दुर्घटना इरानले अमेरिकी सैन्य बेसमा श्रृंखलाबद्ध मिसाइल आक्रमण गरेको केही घण्टामै भएको थियो । इरानले दुर्घटनापछि केही दिनसम्म आफूले जहाज खसालेको अस्वीकार गर्दै आएको थियो ।

लगत्तै, अमेरिका, क्यानडा, बेलायत र इन्टेलिजेन्ले विमान इरानले नै खसालेको दावी गर्दै आएका थिए । युक्रेनको राजधानी किभतर्फ गइरहेको यो विमानले १६७ यात्रु र ९ जना क्रु सदस्य बोकेको थियो । विमानमा ८२ इरानी, गम्तीमा ६३ क्यानडाली, ११ युक्रेनी लगायत विभिन्न देशका नागरिक थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *