विमानस्थलमा समातिए अफ्रिकी नागरिक, पेटभित्र थियो १ करोडको हीरा

डिसी नेपाल
२६ पुष २०७६ १०:२८

काठमाडौं। कहिलेकाहीँ तस्करहरुले तस्करीका लागि यस्ता उपाय अपनाउँछन् कि मानिसहरु चकित पर्छन् । यस्तै एउटा घटना सार्वजनिक भएको छ । एक अफ्रिकी नागरिक आफ्नो पेटमा २९७ ग्राम हीरा लिएर जाँदै गर्दा पक्राउ परेका छन् । घटना युएइको हो ।

गल्फ न्यूजका अनुसार फेडरल कस्टम्स अथोरिटीलाई केही दिन पहिले उक अफ्रिकी व्यक्ति केही कच्चा हीरा लिएर आउन सक्ने जानकारी प्राप्त भएको थियो । जब ती व्यक्ति शारजाह विमानस्थल पुगे उनको पासपोर्ट जफत गरियो र ब्यागको तलाशी लिइयो । त्यसपछि उनको एक्स रे गरियो ।

एक्स रेमा देखियो कि उनको पेटमा केही कच्चा हीरा छन् । उनले २९७ ग्राम कच्चा हीरा निलेका थिए जसको मूल्य ९० हजार डलर (१ करोड नेपाली रुपैयाँ) थियो । रिपोर्टका अनुसार ती व्यक्तिले युएइमा हीराका सम्भावित खरिदकर्ता पनि खोजेका थिए । अहिले उनीसँग सोधपुछ भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *