भारतीय सेना प्रमुखले भने – ‘संसदले आदेश दिए पाकिस्तान नियन्त्रित कश्मिर कब्जा गर्छौं’

डिसी नेपाल
२६ पुष २०७६ १५:०८

नयाँ दिल्ली। भारतका नवनियुक्त सेना प्रमुख मनोज मुकुन्द नरवणेले संसदले आदेश दिएमा पाकिस्तान नियन्त्रित कश्मिर कब्जा गर्ने बताएका छन् । सेनाप्रमुख नियुक्त भएपछि शनिबार पहिलोपटक प्रेस कन्फ्रेन्स आयोजना गरेका नरवणेले भने ‘वर्षौं पहिले संसदले पाकिस्तान नियन्त्रित कश्मिर समेत पूरै जम्मु कश्मिर भारतको अभिन्न हिस्सा हो भनेर संकल्प पारित गरेको थियो । यदि संसद पूरै क्षेत्र हामीले पाउनुपर्छ भन्ने चाहन्छ र हामीलाई यसबारे आदेश दिइन्छ भने निश्चित रुपमा हामी कारवाही गर्नेछौं ।’

नरवणेले सियाचिन भारतको लागि निकै महत्वपूर्ण भएको भन्दै सुरक्षा आफ्नो पहिलो प्राथमिकता भएको बताए । सुरक्षाको साथमा कुनै सम्झौता गर्न नसकिने उनको भनाइ थियो । चीफ अफ डिफेन्स स्टाफ बन्नु महत्वपूर्ण कदम भएको बताउँदै उनले सिडिएसको गठनले सेनालाई थप बलियो बनाउने बताए । तीन सेनाको बीचमा तालमेल जरुरी रहेको बताउँदै उनले आफूहरुले भविष्यका चुनौतीहरुलाई ध्यानमा राखेर काम गर्ने र प्राथमिकताको हिसाबले प्रयोग गरिने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *