प्रधानमन्त्री ओलीको १३ औं पटक डायलसिस गरियो

काठमाडौं। मिर्गौला रोगबाट पीडित प्रधानमन्त्री केपी शर्मा ओलीको शनिबार डायलसिस गरिएको छ। महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरिसिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा शनिबार उनको नियमित डायलसिस गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
डायलसिस पछि प्रधानमन्त्री ओली निवास बालुवाटार फर्किएको जनाइएको छ। ओली डायलसिसमा रहेका कारण उनी शनिबारकाृे पार्टी सचिवालय बैठकमासमेत अनुपस्थित रहेको बताइएको छ।
शनिबार गरिएको यो उनको १३ औं डायलसिस हो। गएको कात्तिक १४ गते बिहीबार ग्राण्डी अस्पतालमा उनको पहिलो पटक डायलसिस गरिएको थियो। त्यसयता उनको नियमित डायलसिस हुँदै आएको छ।
प्रतिक्रिया
Facebook Comment