यूक्रेनी विमान दुर्घटनाको पूर्ण जिम्मेवारी लिन्छुः इरानी सैनिक कमाण्डर

डिसी नेपाल
२६ पुष २०७६ २२:३६

तेहरान । इरानको विशेष सुरक्षा बल ‘स्लामिक रिभोलुसनरी गार्ड् कप्र्स (आइआरजीसी)’ का एक उच्च कमाण्डरले तेहरान नजिकै गत बुधबार यूक्रेनी विमानमा ‘भूलबस’ छोटो दुरीको हतियार प्रयोग गरी खसालेको स्वीकारेका छन् । दुर्घटनाको जिम्मेवारी लिन आफू तयार रहेको उनले शनिबार बताए ।

विमानमा चालकदलका नौ सदस्यसहित १७६ जना यात्रुको निधन भएको थियो । उक्त विमानमा ८२ इरानी, ६३ क्यानेडाली, ११ यूक्रेनी, १० स्वीडेनी, चार अफगानी र तीन तीन जना जर्मन तथा बेलायती रहेका थिए ।

आइआरजीसीका ब्रिगेडियर जनरल अमिर अलि हाजिजादेहलाई उद्धृत गर्दै अरबी समाचार संस्था अलजजीराले लेखेको छ, “मैले दुर्घटनाको पूर्ण जिम्मेवारी लिन्छु र जुन निर्णय लिइन्छ त्यसको पालना गर्नेछु । मैले त्यस प्रकारको घटना देख्नुभन्दा मर्नु वेस लाग्यो ।”

सुरूमा विमान दुर्घटना इरानले हानेको क्षेप्यास्त्रका कारण भएको भन्ने पश्चिमी मुलुकहरू संयुक्त राज्य अमेरिका, क्यानाडा र बेलायतको दावीलाई अस्वीकार गरेपनि शनिबार विमानलाई ‘नचाहँदा नचाहँदै’ लागेको र दुर्घटनाग्रस्त भएको इरानले स्वीकार गरेको छ ।

आकाशमा रहेको विमान ‘क्रुज मिसाइल’ जस्तो लागेपछि ‘गल्तिबस’ छोटो दुरीको (जमिनबाट आकाशमा हान्ने) मिसाइलले त्यसलाई खसालेको हाजिजादेहले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *