७ वर्षका बालकले बनाएको पेन्टिङ १५ लाखमा बिक्री !
![७ वर्षका बालकले बनाएको पेन्टिङ १५ लाखमा बिक्री !](https://www.dcnepal.com/wp-content/uploads/2020/01/23194410-7869071-image-a-61_1578575720864.jpg)
काठमाडौं। जर्मनीका ७ वर्षका बालकले बनाएको एउटा पेन्टिङ १० हजार पाउण्ड (१४ लाख ७७ हजार नेपाली रुपैयाँ)मा बिक्री भएको छ । डेलीमेलको रिपोर्ट अनुसार यो पेन्टिङ किन्नका लागि संसारभरका मानिसहरु बर्लिन पुगेका थिए । २०१२ मा जन्मिएका मिखाइल अकर नामका यी बालकले ४ वर्षकै उमेरमा पेन्टिङ बनाउन सुरु गरेका थिए । आफ्नो यही कलाका कारण उनी विगत ३ वर्षमा अन्तर्राष्ट्रिय कला जगतमा चर्चित बनेका थिए ।
जर्मनीको मिडियाले मिखाइललाई प्रिस्कुल पिकासो भन्छन् । खासमा पाब्लो पिकासो (१८८१–१९७३) स्पेनका महान चित्रकार थिए । उनैको नामसँग जोडेर मिखाइललाई प्रिस्कुल पिकासो भनिएको हो । मिखाइलमा पिता केरम अकरलाई छोरामा लुकेको अद्भूत प्रतिभाबारे त्यतिबेला थाहा भयो जब उनले मिखाइललाई ४ वर्षको उमेरमा क्यानभास र पेन्ट गिफ्ट दिएका थिए । उनी मिखाइलले बनाएको पेन्टिङ देखेर चकित परेका थिए ।
पिताका अनुसार उनले ४ वर्षको उमेरमै बनाएको पेन्टिङ नै अद्भूत थियो । सुरुमा उनका पितालाई यो पेन्टिङ मिखाइलकी आमाले बनाएको जस्तो लागेको थियो । तर, मिखाइलको दो्रो र तेस्रो पेन्टिङले प्रमाणित गरिदियो कि उनी अद्भूत प्रतिभाशाली चित्रकार थिए । हालै मिखाइलले जर्मनीका स्टार फुटबलर म्यानुअल नेयूरको पेन्टिङ बनाएका थिए । यो फोटो ९ हजार ३७८ पाउण्डमा बिक्री भएको थियो । यो रकम च्यारिटीको लागि दिइएको थियो ।
Facebook Comment