पृथ्वीनारायण शाहका दृष्टिकोणहरु गणतन्त्रमा पनि सान्दर्भिक : राष्ट्रपति भण्डारी
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहका दृष्टिकोणहरु गणतन्त्रमा पनि उत्तिकै सान्दर्भिक भएको बताएकी छन्।
पृथ्वीनारायण शाहको २९८ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको शुभकामना दिँदै राष्ट्रपति भण्डारीले जनचाहनालाई सर्वोपरि ठान्ने पृथ्वीनारायण शाहका जीवन्त दृष्टिकोणहरु मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि पनि सान्दर्भिक भएको ऐतिहासिक दिनमा राष्ट्रिय एकतालाई थप सुदृढ पार्दै सदाचार र सुशासनलाई अझ बलियो बनाएर समृद्ध, स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने दिशामा परिचालित हुनुपर्ने बताएकी छन्।
राष्ट्रपतिको शुभकामना सन्देशमा नेपाली समाज सांस्कृतिक विविधताबीच समन्वयको बलियो सुत्रमा एकताबद्ध भएको कुरालाई आत्मसात र्गै यहाँको अमूल्य सभ्यता, संस्कृति र सम्पदालाई पृथ्वीनारायण शाहले सम्मान गरेको उल्लेख छ।
यसैगरी नेपाल सबै जातको साझा फूलबारी भएको कुरालाई स्वीकार गर्दै जनताबीच भावनात्मक एकीकरण गर्नुपर्ने कुरामा पृथ्वीनारायण शाह सजग रहेको कुरा उनका सन्देश र व्यवहारबाट स्पष्ट हुने राष्ट्रपतिले उल्लेख गरेकी छन्।
Facebook Comment