अस्ट्रेलियाको आगोमा घर गुमाए, श्रीमतीले रोजेको नम्बरको लट्री किने, ८ करोडको ज्याकपट !

डिसी नेपाल
२७ पुष २०७६ १०:४८

सिड्नी। अस्ट्रेलियामा लागेको भयानक डढेलोमा आफ्नो घर गुमाएका एक व्यक्तिले लट्रीमा १ मिलियन अस्ट्रेलियन (७ करोड ८० लाख नेपाली रुपैयाँ) जितेका छन् । क्विन्सल्याण्डका ३८ वर्षका यी विजेताको नाम भने सार्वजनिक गरिएको छैन । अस्ट्रेलियाको मिडिया नाइन न्यूजका अनुसार ती व्यक्तिले यो लट्रीको टिकट आफ्नी श्रीमतीको रोजाइको नम्बरको किनेका थिए ।

उनले भने ‘मेरो भाग्य त्यतिबेला खुल्यो जतिबेला मलाई र मेरो परिवारलाई यसको सबैभन्दा धेरै आवश्यकता थियो । गएको महिना मेरो घर डढेलोको चपेटामा परेपछि मेरो सबथोक खरानी भएको थियो ।’ लट्रीमा उनकी पत्नीको रोजाइका अंकहरुको ख्याल गरिएको थियो । उनले लिएको टिकटमा २, ४२, २४, १३, २२ र ११ थिए । २६ र १ यसका पूरक अंक थिए । उनले अब आफ्नो जिन्दगी सही ढंगले अगाडि बढाउने बताएका छन् ।

अस्ट्रेलियाको जंगलमा विगत ४ महिनादेखि आगो लागिरहेको छ । २ हजार भन्दा धेरैको घर जलेर खरानी भइसकेको छ । हजारौं मानिसहरु शिविरमा जीवन बिताइरहेका छन् । अहिलेसम्म आगोमा जलेर २५ जनाको मृत्यु भइसकेको छ । जंगलको आगोमा सय करोड भन्दा धेरै पशुपन्छी जलेर मरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *