जब प्रदेश ३ को प्रदेशसभा बैठकमा सभामुखको कुराले हलभरी हाँसो गुञ्जियो…

डिसी नेपाल
२७ पुष २०७६ ११:०५

हेटौंडा। प्रदेश नम्बर ३ को प्रदेशसभा बैठकमा सभामुख सानुकुमार श्रेष्ठको कुराले पूरै हल हाँसोले गुञ्जिएको छ । आइतबार प्रदेशको राजधानी र नाम निर्णय गर्ने निर्णयक बैठक चलिरहेका बेला यस्तो रोचक घटना भएको हो ।

बैठकमा सभामुख श्रेष्ठले पहिले प्रदेशको राजधानी काभ्रेपलाञ्चोकको धुलिखेल तोकियोस् भन्ने प्रस्तावमाथि मत विभाजन गराएका थिए । प्रस्ताव पारित हुन २ तिहाइ बहुमत हुनुपर्नेमा यो प्रस्तावको पक्षमा मात्रै ३ मत परेपछि उनले यो प्रस्ताव खारेज गरिदिए ।

त्यसपछि पालो थियो राजधानी मकवानपुरको हेटौंडा तोकियोस् भन्ने प्रतावउपर मत विभाजन गराउने । नियमानुसार सभामुखले यो प्रस्तावका प्रस्तावक मुख्यमन्त्री डोरमणि पौडेललाई यो प्रस्ताव फिर्ता लिन चाहेको भए फिर्ता लिन समय दिए । सत्तापक्ष नेकपाका सांसद प्रस्तावक तथा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसदसहित दुई राप्रपाका सांसद समर्थक रहेको यो प्रस्ताव फिर्ता लिन भनिएपछि हलमा हाँसो गुञ्जिएको हो ।

मत विभाजन अघि हेटौंडाको विपक्षमा विवेकशील र साझाका ३ सांसद मात्र देखिएका थिए । नेमकिपाका २ सांसद बोलेका थिएनन् । अरु सबै हेटौंडाकै पक्षमा देखिएका थिए । दुई तिहाइभन्दा कैयौं बढी मतले पारित हुने मानिएको यो प्रस्ताव फिर्ता लिन समय दिइएपछि हाँसो गुञ्जिएको थियो । यद्यपि यो प्रक्रिया नै भएकोले सभामुखले नियमअनुसार फिर्ता लिन समय दिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *