महिनौंको तलब नपाएर आन्दोलन गर्ने नेपाली कामदारलाई मात्रै ५ सय रिंगेट !

डिसी नेपाल
२७ पुष २०७६ ११:४०

क्वालालुम्पुर । मलेसियाको डब्लुआरपी कम्पनीमा महिनौ दिनसम्मको तलब नपाएर आन्दोलन गरिरहेका विदेशी कामदारले पाँच सय रिंगेट मात्र हात पारेका छन् ।

मलेसिया स्थित डब्लुआरपी ग्लोभ कम्पनीमा कार्यरत नेपालीलगायत विदेशी कामदारहरूले महिनौ दिनसम्म तलब नपाएर आन्दोलन गरेपछि बल्ल जम्मा पाँच सय रिंगेट हात पारेका हुन् ।

झन्डै ४० जना सुरक्षा गार्डको सुरक्षा घेरामा कम्पनिको प्रतिनिधिले बोकेर ल्याएको झन्डै दस लाख रिंगेट नगद आन्दोलनरत हजारौं विदेशी कामदारलाई पाँच सयका दरले बाँडिएको हाे । संभवतः त्यही पाँचसय नगद दिएर विदेशी कामदारलाई स्वदेश फर्काईनेछ ।

यसअघि डब्लुआरपीले ५७ जना नेपाली कामदारलाई नेपाल डिपोर्ट गरेको थियो ।

ती कामदारहरुलाई पहिलो चरणमा गत जनवरी ६, दोस्रो चरण जनवरी ८ जनवरी र तेस्रो तथा अन्तिम चरणमा आगामी जनवरी १३ मा गरी तीन चरणमा सबै जनालालाई डिपोर्ट गर्देछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *